युक्रेनमा भीषण संघर्ष जारी, २४४ जना नेपाली सुरक्षित स्थानमा

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको छ । राजधानी किभमा ठूल्ठूला विष्फोट र रकेट हमलाका आवाज आईरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । युक्रेनी सेनाको कडा प्रतिरोधका कारण रुसी फौज जुन रफ्तारमा अघि बढ्ने ठानिएको थियो त्यो गति धिमा बनेको बेलायती गुप्तचरहरुले उल्लेख गरेका छन् ।

रुसले युक्रेनमा जल थल र हवाई आक्रमण तथा सवै दिशाबाट आक्रमण गर्नका लागि आदेश दिइएको हो । पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । युक्रेनी सरकारले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषहरुलाई देश छाड्न प्रतिबन्ध लगाए पनि आक्रमण छल्नका लागि भाग्नेहरुको लाईन १५ किलोमिटर लामो रहेकोछ ।

त्यस्तै रुस–युक्रेन द्वन्द्वका कारण संकटमा परेका २४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको हो । समितिले विज्ञप्ति निकाली युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकिया र रोमानियामा १२–१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको हो । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपाली दोस्रो मुलुक जान रोकिएको पनि जनाइएको छ । एजेन्सीको सहयोगमा