सर्वोच्च अदालतमा आजदेखि कायममुकाय प्रधानन्यायाधीश कार्की

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएसँगै वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेको सर्वोच्च प्रशासनले जनाएको छ ।

कामु प्रधानन्यायाधीश कार्कीले यही असोज १५ गतेबाट अमेर हदका कारण अवकास पाउँदै छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लागेको महाअभियोग नटुंगिएकाले विगत ८ महिनादेखि निलम्बनमा छन् ।

राणा निलम्बनमा परेपछि कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा हुनुहुन्थ्यो भने अहिले हरिकृष्ण कार्कीले पनि कामु प्रधानन्यायाधीशकै जिम्मेवारी पाएका हुन् ।