बर्खा लाग्यो, तपार्इंको क्षेत्रमा बाढी आउँदै छ कि भनेर यसरी थाहा पाउन सक्नुहुनेछ

काठमाडौं– वर्षायाम सुरु भएसँगै खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ । त्यसैले तपाईंको घर नजिकै पनि सानाठूला खोला र नदीहरु छन् भने सतर्क हुनेवेला आएको छ ।

पानीले भिजेको जमिन भासिने र पहिरो जान सक्ने भएकोले त्यसतर्फपनि सचेत हुनु जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वसूचना सेवाले जनाएको छ ।