सी जिन्पिङ ऐतिहासिक तेस्रो कार्यकालको बाटोमा

काठमाडौं । दशकौँ लामो परम्पराभन्दा भिन्न प्रतिनिधिहरूले सीलाई यस सम्मेलनमार्फत् तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना छ।

शून्य कोभिडलाई उनले ‘भाइरसको फैलावट रोक्न गरिएको पूर्ण आकारको जनताको लडाइँ’ बताए।

उक्त नीतिले जीवनहरू बचाएको छ तर चिनियाँ नागरिक र अर्थतन्त्रको लागि सजायकारी माध्यम समेत बनेको छ।

लकडाउन र यात्रा प्रतिबन्धहरूबारे बढ्दो रूपमा मानिसहरूको निराशा बढिरहेको पाइन्छ।

यस कङ्ग्रेसअघि बेइजिङमा कडा सुरक्षा उपायहरू अपनाइएको थियो।

बिहीबार त्यहाँ दुर्लभ र नाटकीय रूपमा हुने आम विरोधमा सी र शून्य कोभिड नीतिको आलोचना गरिएको थियो।

सीले ताइवानको विषयलाई समेत सम्बोधन गरे।

उक्त टापुलाई बेइजिङले आफ्नो भूभाग दाबी गर्ने गर्छ तर स्वशासित ताइवाने आफूलाई मुख्य भूमिभन्दा भिन्न ठान्छ।

बिस्तारै र विचारपूर्वक बोल्दै उनले बेइजिङले ूबल प्रयोगलाई अस्वीकार गर्ने बाचा कहिल्यै नगर्नेू र त्यस ूहाम्रो देशको पूर्ण पुर्न एकता महसुस गर्नैपर्ने र त्यसो हुनेू बताए।

त्यस बखत प्रतिनिधिहरूले लामो ताली बजाएका थिए।

हङकङका विषयमा सीले त्यहाँ नियन्त्रण कायम गर्दै ूभद्रगोलबाट शासनूको अवस्था सिर्जना गरेको बताए।

बेइजिङले उक्त भूभागमा सन् २०१९ मा भएका प्रजातन्त्र पक्षधर प्रदर्शनहरूपछि कडा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ।

पार्टीभित्रको बिषय

सीले चीनको राजनीतिक संस्थापनका विभाजनलाई उद्धृत गर्दै उनको शासनले ूपार्टीमा गम्भीर अदृश्य खतराहरूूलाई हटाएको बताए।

किन अझै चीन कोरोनाभाइरसलाई निमिट्यान्न पार्ने कोसिसमा छ ?

चीनको नेतृत्व सम्हालेयता उनले व्यापक दायरामा भ्रष्टाचारसम्बन्धी कारबाहीहरू गरेका छन् जसमा पार्टीका उच्च तहका नेताहरू समेत परेका छन्।

तर आलोचकहरूले त्यसलाई राजनीतिक सफायाको रूपमा व्याख्या गर्छन्।

कङ्ग्रेसको पहिलो दिन आइतवार सीको मन्तव्य मुख्य ध्यान खिचेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेताका रूपमा तेस्रो कार्यकालले सीलाई माओ त्सेदोङपछिको सबैभन्दा शक्तिशाली नेता हुने बाटो खोल्नेछ।

२०औँ कङ्ग्रेसमा फरक के छ ?

पार्टी नेताहरूको चयन गर्न र मुख्य नीतिहरूमा बहस गर्नका लागि झण्डै २,३०० नेताहरू यतिखेर बेइजिङमा भेला भएका छन्।

कङ्ग्रेस प्रतिनिधिहरूले यसबिचमा पोलिटब्युरो स्थायी समिति सहित कैयौँ नेताहरू निर्वाचित गर्ने अपेक्षा गरिएको छ।

विगतमा एक दशकमा दुईपटक हुने कङ्ग्रेसलाई नेताहरूको आफ्ना समर्थकलाई अगाडी सार्ने अवसरका रूपमा हेरिन्थ्यो।

जसले नेताहरूलाई पार्टीभित्र आफ्नो पक्षमा शक्ति बढाउने प्रतिस्पर्धाको अवसर दिन्थ्यो।

हाल चीनमा सी जिन्पिङ तीनवटा सबैभन्दा शक्तिशाली पदमा छन् जुन पार्टीको महासचिव, देशका सेनाहरूको अध्यक्ष र राष्ट्रपति हुन्।

यस कङ्ग्रेसमा उनले महासचिव र सेनाध्यक्षको कार्यकाल थप गर्ने ठानिएको छ। बीबीसी