पक्राउ परेपछि क्रिकेटर सन्दीप किन निराश देखिन्छन् र सँगै बसेका अन्य कैदीसँग पनि बोल्दैनन् ?

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेपछि क्रिकेटर सन्दीप लामिछाने निकै निरास देखिएका छन् भने उनीसँगै हिरासतमा रहेका अन्य कैदीसँग पनि बोल्ने गरेका छैनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अन्य थुनुवासँगै रहेका सन्दीप अरुसँग खासै नबोल्ने, घर परिवार तथा कानुन व्यावसायीसँग पनि काम पर्दा मात्रै बोल्ने गर्छन् । बुधबार तेस्रो पटक हिरासतमा राख्न पाँच दिन समय थप गरिएपछि सन्दीप झनै निरास भएका छन् । तेस्रो पटक म्याद थप भएपछि प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान तीव्र रुपमा अगाडि बढाएको छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।