उपमेयर साहद्वारा वडाअध्यक्ष कुटिए (भिडियोसहित)

इटहरी (पास)– सुनसरीको दुहबी नगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले कुटपिट गरेकी छिन् ।

५ नम्बर वडामा रहेको सरस्वती उच्चमाबि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै शुक्रबार उपमेयरले कुटपिट गरेकी हुन् ।

खेल मैदान निर्माण सकिएकोले अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षको माग भएसँगै दुवै पक्षवीच बिवाद भएको थियो । पछि उपमेयर साहले आफनो श्रीमान सुनिल साह बोलाइन् र वडाअध्यक्षलाई कुटिन् ।

वडा सदस्य तामाङले चाडो रकम निकाशाका लागि आग्रह गर्दा उपमेयर साहले कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालेको बताए । अभद्र व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको तामाङको दाबी छ ।

निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए ।

आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ ।

कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ गरेका थिए । कुटपिटपछि पीडितपक्ष र मेयरवीच छलफल भएपनि कुनै सहमति हुन सकेन ।

तर, कुटपिटकोभिडियो वाहिर आएपछि उनले गरेको भिडियो नै सार्वजनिक भएपछि जनप्रतिनिधिले हातहाल्नु गल्ती भएको बताएका थिए ।