आज दिउँसो १२ बजे कर्णाली नदीमा खसेको जिप अझै फेला परेन

काठमाडौं– आज दिउँसो करिब १२ बजेर १४ मिनेट जाँदा लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा दुर्घटना भई कर्णाली नदीमा खसेपछि अहिलेसम्म फेला परेको छैन ।

प्रहरी र नेपाली सेनाको टोलीले नदीमा खोजि जारी राखेपनि जिप फेला नपरेको हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए। ‘दुर्घटना भएको ठाउँ एकदमै विकट छ। कर्णाली नदीको बहावले खोजी कार्यमा समस्या भएको छ,ु उनले भने, ुअहिलेसम्म हामीले जिप नै पत्ता लगाउन सकेका छैनौं।’

खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो। सो जिपमा कति यात्रु थिए भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ। जिप बाटोबाट सिधै कर्णाली नदीमा खसेको थियो।

घटनाबारे थप विवरण आउन बाँकी छ।