पञ्जाबको एक अस्पतालमा गोली प्रहार हुँदा पाँचको मृत्यु

इस्लामाबाद (सिन्ह्वा)– पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।

सोमबार अबेर राति जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ । घाइतेहरुमा थप ती जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।