पब्जीसहित ११८ एपमाथि प्रतिबन्ध

एजेन्सी । भारत सरकारले चीनमा विकसित विभिन्‍न एक सय १८ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ । जसमा गेमिङ ऐप ‘पब्जी’ पनि समावेश छ ।

इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलोजी मन्त्रालयका तर्फबट जारी बयानमा भारतको सम्प्रभुता र अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरूद्धका गतिविधिहरुमा लिप्त भएका कारण ती एप्समाथि प्रतिबन्ध लगाइएको उल्लेख छ ।

बयानमा भनिएको छ, “यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुनेछ । यो फैसला भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उदेश्यले लिइएको हो ।” भारत सरकारले यसअघि गत जुन महिनामा चिनियाँ कम्पनीका ५९ एप्सहरु प्रतिबन्ध गरेको थियो । जसमा ‘टिकटक’ पनि समावेश थियो