भारतमा एकैदिन २ लाख ९४ हजारमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा थप २ लाख ९४ हजार २९० जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि ९सोमबार० वैशाख ६ मा भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २० जनाको मृत्यु भएको छ ।