अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन (रासस/एएफपी)– अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार पर्यटकमध्य कम्तीमा ११ जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटक जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकोले सो दुर्घटना भएको जनाइएको छ ।

सो दुर्घटनामा मरेकामध्य केही बालबालिका पनि रहेको जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात जनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।