अमेरिकामा थप २५ हजार जनामा कोरोना संक्रमण

एजेन्सी । अमेरिकामा थप २५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार पछिल्लो २४ घण्टामा २५ हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ८५ हजार ३९९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ५७ हजार ४८२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍३४ हजार ४०६ जनामध्ये १४ हजार ५८८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९३ हजार ५११ पुगेको छ ।