चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण

चितवन । चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपरासी, मकवानपुर र बाराका एकरएक जनामा पनि संक्रमण पुष्टि भएको मेडिकल कलेजका माइक्रोबायोलोजिष्ट डा।नविनकुमार चौधरीले जानकारी दिए ।