यस्तो चल्यो देउवा निवासमा भारतीय राजदूतलाई बिदाई भोज

तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाई भोज दिएका छन् । बुढानिलकण्ठस्थित निवासमा देउवाले राजदूत पुरीलाई बिदाई भोज दिएका हुन् ।

भोजमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्रीप्रकाशमान सिंह लगायतका नेता सहभागी थिए ।


आफ्नो तीन वर्षे कार्यकाल पूरा भएसँगै नेपालका लागि भारतीय राजदूत पुरी स्वदेश फर्किने तयारीमा छन् । कार्यकाल पूरा भए पनि उनी पुस १५ गते मात्रै स्वदेश फर्किने छन् । कार्यकाल सकिए पनि पुरीले नेपालका नेताहरुसँग बिदाई भेट गरिरहेका छन् ।

भारतले नयाँ राजदूत को पठाउने भन्ने अहिलेसम्म यकिन भएको छैन । तर नेपालका लागि नयाँ भारतीय राजदूतमा विकास स्वरूप, अखिलेश मिश्रासहितको नाम चर्चामा छ ।