मेक्सिकोमा थप २९ शव भेटियो

गुआडालाजरा (सिन्ह्वा)– मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ ।

देशको पश्चिमी सहर गुआडालाजरामा ती शव भेटिएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सङ्गठित अपराध गर्नेबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीले जनाएका छन् ।

स्थानीय अनुसन्धानकर्ताका अनुसार मृत्यु भएका मध्य चार जनाको शव मात्रा आंशिकरुपमा चिन्न सकिने अवस्थामा रहेको छ ।

अहिले शव निकालिएको ठाउँदेखि २६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दाबढी शव निकालिएको थियो ।

मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शव निकालिएको छ । अरु पनि शव खोज्ने क्रम चलिरहेको ती अधिकारीले जनाएका छन् ।