विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९६ हजार ८८६ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख १६ हजार १३१ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २८ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।