चितुवाको छाला सहित पक्राउ

 दंगिशरण गाउँपालिका १ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।