ब्राउन सुगरसहित एकजना पक्राउ

सुनसरी । सुनसरीमा अवैध लागुऔषध (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका ८, साम्पाङ चोकबाट १२ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र नगद १० हजार ९ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका १५, विशालचोक बस्‍ने ३८ वर्षीय विजयकुमार रोक्कालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.१०प ६२९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।