सुनको मुल्यले एकै दिनमा १५ सय बढ्यो, प्रति तोला ८० हजार ३ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले इतिहास रच्दै छ । एकैदिन १५ सयले बढेको छ । ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।