बिहीबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर छ । आज छापावाल सुन प्रतिदशग्राम ६४ हजार ४ सय ७० अर्थात् तोलाको ७५ हजार २ सयमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा बुधबार भने तोलामा ८ सय रुपैयाँले कमी आएको थियो । मंगलबार तोलाको ७६ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ७४ हजार ९ सयमै स्थिर छ । चाँदीको मूल्य ८ सय ७५ रहेको महासंघले जनाएको छ ।