चिकित्सक भन्छन्ः प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको हो । भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

उपचारमा संलग्न चिकित्सक डा।अरुण सायमीले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले पिशाब पनि फेर्नुभएको छ। नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो । टाँका लगाइसकेपछि डेढ दुईघण्टामा होस आउँछ ।’

अस्पतालले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । एकहप्तासम्म अहिले गरिरहेको काम जस्तै प्रत्यारोपण गरेको मिर्गौलाले काम गरेमा चिकित्सकको निगरानीमा राख्नु पर्दैन ।