कपिलवस्तुको विजयनगरमा जेसिभी र स्काभेटरमा आगजनी

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका छन् ।

हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका ती सामग्रीमा गएराति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।

किन र कस्ले आगो लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।