लकडाउनमा पनि साकुरा सेभिङ्ग को–अपरेटिभले दियो घरदैलोमै सेवा

 

साकुरा सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सरकारले पुर्ण रुपमा जारी गरेको लकडाउनको बाबजुद पनि आफ्ना सदस्यहरुको आवस्यकतालाई मध्यनजर गरि प्रधान कार्यालय चावहिल, चुच्चेपाटि तथा सुबिधा काउन्टर नयाँबजारबाट घर दैलो सेवा प्रदान गरिरहेको छ ।

कोरोना भाइरस माहामारीको कारण जारी लकडाउनले सदस्यहरुलाई परिरहेको समस्या समाधानको लागि आफ्ना कर्मचारीहरु खटाइ अप्ठ्यारोमा परेका सदस्यहरुलाइ घरघरमै पुगि सेवा प्रदान गरिरहेको संस्थाका कार्यकारी प्रमुख गौरब बहादुर थापाले जानकारी गराउनुभयो ।

सहकारी बिभाग तथा सहकारी महासंघले जारी गरेको सुचनाको पालना गर्दै काठमाडौं जिल्ला भरी कार्यक्षेत्र रहेको संस्थाले लकडाउनले सदस्यहरुलाई आफ्नो दैनिकी संचालनमा असहजता हुने देखिएकोले यो बिषम परिस्थितिमा पनि घरदैलो सेवा प्रदान गरि सेवा दिई रहेको कार्यकारी प्रमुख थापाले जानकारी दिनुभयो ।

त्यसका साथै संस्थाले एउटा सूचना प्रकाशित गरि सदस्यहरुलाइ कुनै किसिमको सहयोग चाहिएमा संस्थाले सूचनामा तोकिएका कर्मचारीहरुलाइ सिधा सम्पर्क गरि आवस्यक जानकारीहरु प्राप्त गर्न सकिने पनि ब्यवस्था गरेको छ ।