कोरोना अपडेट : विश्वभर २ लाख ८७ हजारको मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरूमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ ७ सय ५० जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८१ हजार ७९५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरूमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रूपमा देखिएको ब्राजिलमा ११ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.

महादेश

कूल संक्रमित

निको भएका

कूल मृत्यु

 

विश्वभर

४२,६९,६८४

१५,३४,०१३

२,८७,५२९

१.

युरोप

१६,६४,५८८

६,७६,३७९

१,५४,०८१

 २.  उत्तर अमेरिका

१५,२०,१३४

३,२९,२१२

९१,३६९

३.

एसिया

६,८७,००९

३,८३,१८४

२२,५४३

४.

दक्षिण अमेरिका

३,२०,८४३

१,१२,८६७

१७,०४८

५.

अफ्रिका

६७,७७८

२३,९८९

२,३५५

६.

ओसेनिया(अस्ट्रेलिया)

८,५७१

७,७०७

११८

दक्षिण एसियाली मुलुकहरू

१.

भारत

७०,८२७

२२,५४९

२,२९४

२.

पाकिस्तान

३२,०८१

८,५५५

७०६

३.

बंगलादेश

१५,६९१

२,९०२

२३९

४.

अफगानिस्तान

४,६८७

५५८

१२२

५.

श्रीलंका

८६९

३४३

६.

माल्दिभ्स

८९७

२९

७.

नेपाल

२०८

३३

८.

भुटान

११