आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए ।

गत वर्ष चालू आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाखको बजेट पेश भएको थियो ।

cy{dGqL ;;+b ejgdf
sf7df8f}F, !% h]7 . cy{dGqL 8f=o’j/fh vltj8f laxLaf/ cfj @)&&÷)&* sf] cfoJoosf] cg’dfg k|:t’t ug{ gofF jfg]Zj/l:yt ;+;b ejgdf . k|wfgdGqL s]kL zdf{ cf]nL;Fu pxfF ;+;bsIf k|j]z ug{‘x’Fb} . t:jL/M k|bLk/fh jGt÷/f;;

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ७२ अर्ब ७९करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड व्यहोर्दा रु पाँच खर्ब २४ अर्ब ५० करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए । यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ ।