सर्लाहीको विभिन्न क्षेत्र डुबानमा

सर्लाही– तीन दिन देखिको अबिरल मुसलधारे वर्षाको कारण सर्लाहीका उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्र डुबानमा परेको छ ।

भारी वर्षाका कारण उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, सागरनाथ, नवलपुरलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयले जानकारी दिएकाछन् ।

कतिपय ठाउँमा कालोपत्रे सडकसहित संरचनाहरुमा पानीले क्षति पुर्‍याएको छ ।

स्थानीयले आफू खुशी बनाएका संरचना तथा पछिल्लो केही समय यता टोलटोलमा निकास बिना निर्माण गरिएका सडकका कारण पनि ती क्षेत्र डुबानमा परेका हुन ।