एकै जनाले भाडामा १६ सन्तान जन्माए

थाइल्याण्ड (रासस/एपी)– डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना जापानी अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको छ ।

थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका ती जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएपछि उनी एकै जनाले त्यति धेरै पैसाकै आडमा सन्तान जन्माएको रहस्य उजागर भएको हो ।

साढे तीन वर्षयता ती बालबालिकरुलाई थाइ सरकारले हेर्दै आएको थियो । थाइ महिलालाई कोख भाडामा लगाएबापत विदेशीले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापकरूपमा विस्तार भएको खुलासा भएपछि सरकारी अधिकारीले हस्तक्षेप गरेका थिए ।

तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात बालकसहित थाइल्याण्डबाट बाहिरिन लागेको एउटा धमिलो तस्वीर प्रकाशित भएपछि उनले कोख भाडामा लिएर किन यति धैरै सन्तान जन्माइरहेका छन् सत्य पत्ता लागेको थियो ।

तर उनका वकिलले उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोस“ग भविष्य दिन सक्ने तर्क दिएका छन् ।