स्रोत नखुलेको नगदसहित दुई महिला पक्राउ

रौतहट । स्रोत नखुलेको ६ लाख ४० हजार रूपैयाँसहित दुई महिला रौतहट पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरीचौकी महादेवपट्टीको टोलीले गौर नगरपालिका वडा नम्बर ३ दशगजा क्षेत्रबाट दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
घाँस काट्न आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् ।