जडिबुटीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । कोटेश्वरको जडिबुटीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।

ठक्करबाट सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–३का ४४ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका एसपी बामदेव गौतमले जानकारी दिए।

कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले बिहीबार दिउँसो १ बजे कार्कीलाई ठक्कर दिएको हो।  ठक्करबाट घाइते भएका कार्कीको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको एसपी गौतमले बताए। प्रहरीले सर्लाहीका ट्रक चालक रेगबहादुर पोखरेललाई नियन्त्रणमा लिएको छ।