नेपालमा एकैदिन कोरोना संक्रमणको कारण ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा एकैदिन थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । आज एक महिला र ६ पुरुष गरी ७ जनाको कोरोनाले मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार काठमाडौंकी ७१ वर्षीय महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।