आज भएको दुर्घटनामा ३० जना घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा ९टायर० पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ ।