पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब बीच मेगा हेल्थ क्याम्प आयोजना गर्ने सहमति

चितवन । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवन बीच मेगा हेल्थ क्याम्प आयोजना गर्ने सहमति भएको छ ।

रोटा वर्ष २० र २१ मा मेडिकल कलेज र रोटरी क्लबको सयुक्त आयोजनामा वर्षमा ३ वटा डेन्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ । 

साथै उक्त क्याम्पबाट आएकालाई कलेजले अधिकमा ५५ न्यूनतम १५ प्रतिशतसम्म छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो । यस बर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख राजन पियाले बताए । 

 

पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लबद्वारा आयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पताल तर्फका सेवामा छुट पाउनेछन । यसपत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधान र प्रमुख संचालन अधीकृत डा.सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख राजन पियाले हस्ताक्षर गरे ।

दिनदिनै बढिरहेको महामारी र त्यसको हटस्पोट स्वरूप बन्दै आएको पुरानो मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीलाई टेवा पुरयाउन उक्त सामग्री हस्तान्तरण गरिएको प्रोटोच नेपालका चितवन कर्डिनेटर तथा रोटार्याक्ट चितवनका उपाध्यक्ष रोट. प्रभासले जानकारी दिए । यस अघि पनि प्रोटेक्ट नेपालले रोटरी चितवनको सहकार्यमा आखा अस्पतालमा पनि सामग्री वितरण गरेको छ भने देशै भरी १५००० फेस सिल्ड वितरण भइसकेको जानकारी प्रमुख डा. रोशिना थापाले जानकारी दिए ।