गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा

काठमाडौं । गत साउन २५ गते गोंगबुमा भएको विभत्स हत्याकाण्डकी आरोपी कल्पना (मुडभरी) पौडेललाई प्रहरीले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशमा पौडेललाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाइएको हो । 

हत्यामा सहयोगीको भूमिकामा देखिएकी उनकी छोरी भने नाबालिका भएका कारण भक्तपुरको सुधारगृह पठाइएको छ । 

अदालतका अनुसार उनलाई सानोठिमीको बालसुधार गृहमा पठाइएको हो ।