उपत्यकामा ४६४ सहिद थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ सहिद देशभर थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा ३३८ महिला र ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।