कोरोनाले एकैदिन ६ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ३०६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.६३ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना महिला र ५ जना पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ८० वर्षीया एक महिला छिन् । यसैगरी सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुष रहेका छन् ।