फुटबल खेलाडी नेयमार कोरोनामुक्त

कोरोनामुक्त भए नेयमार

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।

नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्वीट गरेका छन् ।

सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि अर्का स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो ।

सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन् । पिएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन् ।

नेयमारको उच्च प्रदर्शनबाट प्रेरित पिएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजी बायर्नसँग १-० ले पराजित भएको थियो ‌।