असोज १ गतेदेखि लामो दुरीमा बस सञ्चालन हुने,५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइने

काठमाडौं । सरकारले असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

सरकारका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

लामो दुरीमा सवारी साधन सञ्चालन हुँदा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ ।

त्यसैगरी असोज १ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुनेछ । आन्तरिक उडानमा पनि ५० प्रतिशतमात्रै यात्रु राख्न पाइनेछ ।

एकातिरको पंक्तिको सिटमा एकजना मात्रै, मास्क र भाइजर अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।