अमेरिकामा थप ३६ हजारमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा थप ३६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार ३६ हजार ३४४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ४६ हजार १८८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९८ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ४३ हजार २५८ जनामध्ये १४ हजार ४७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ३८८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ४ हजार ५०६ पुगेको हो ।