करेन्ट लागेर कैलालीमा एकको मुत्यु

कैलाली । करेन्ट लागेर यहाँ एक जनाको आज मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– १० स्थित धानखेतको बीचबाट गएको विद्युत्को खुला तारमा करेन्ट लागेर सोही ठाउँका २९ वर्षीय रघुवीरसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

करेन्ट लागेर मृत्यु भएका धामीसँगै रहेका पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।