२४ घन्टामा देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा ५२४ महिला र १०४९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।  उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २२५ जना आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १० हजार ६९८ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८०९ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जना छन् ।

यस्तै मोरङका १५२ जना, चितवनका ८३, सुर्खेतका ७६, कैलालीका ५६, रुपन्देहीका ४७, बर्दिया र बाँकेका ३३-३३ जना, बाग्लुङका ३२, दाङका ३०, कास्कीका २८, बझाङका २४, बारा र लमजुङका २०-२० जना, पर्साका १७, रौतहटका १६, कञ्चनपुरका १३ र सल्यानका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी र नवलपुरका ८-८ जना, कपिलवस्तुका ६, रोल्पाका ५, तनहुँ र दैलेखका ४-४ जना, झापा, सुनसरी, महोत्तरी, नुवाकोट र सिन्धुपाल्चोकका ३-३ जना, गुल्मी, प्युठान र अछामका २-२ जना तथा भोजपुर, धनुषा, सर्लाही, सिराहा, धादिङ,मकवानपुर, रसुवा, रामेछाप, गोरखा, अर्घाखाँची, नवलपरासी, डोटी र बैतडीका १-१ जनामा पनि संक्रमण देखिएको छ ।