आजदेखि दशैँका लागि खसीबोका विक्री गर्दै

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट दशैँका लागि खसीबोका बिक्री गर्दैछ ।

आइतबार बजारमा खसी बोकाको मूल्य विश्लेषण गरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको आजबाट विक्री खुल्ला गर्न लागिएको कम्पनीका विभागीय प्रमुख श्रीमणिराज खनालले बताए ।

कम्पनीले शनिबार दुई सय खसीबोका काठमाडौँ ल्याएको छ । यो बर्ष कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने खनालले जानकारी दिए ।