साताको दोस्रो दिन नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ दशमलव ५८ अंकले बढेर १,५७० दशमलव ३८ को विन्दुमा कायम भएको छ ।

ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय १ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अपी पावरको ४ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली पावरको ३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, युनियन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

गणपती माईक्रोफाइनान्सका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल के्रडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले १ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।