एकैदिन कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

हालसम्म मृत्यु हुनेको संख्या ७५७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ