भोलि काठमाडौं आउँदैछन् भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आउँदैछन् ।

भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ताको कार्यक्रम राखिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नाकाबन्दी हटाउने विषय सैन्य कुटनीतिले भूमिका खेलेको पृष्ठभूमिमा यो भ्रमणले सीमा विवादमा सम्वादहीनता अन्त्य गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।