दुर्गाप्रसादले पाए नागरिकता

काठमाडौँ । भारतमा ४० वर्ष जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन्।

तिम्सिनाले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँ र प्रशासकीय अधिकृत देवीचरण फुयाँलले तिम्सिनालाई नागरिकता प्रदान गरेका हुन् ।

कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जीवन बिताउन बाध्य भएका थिए ।

गएको शनिबार उनी भारतको दमदम जेलबाट रिहा भएका भने आइतबार इलामस्थित घर पुगेका थिए।