आजको मौसम : पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने

काठमाडौं । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिमम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

शुक्रवार भने देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।