मौसम अपडेट : पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका भेगमा आज अपराह्न वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपराह्न पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी शुक्रबारसम्म नै पहाडी भेगमा वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २६ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपराह्न पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

फागुन २७ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपराह्न पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

फागुन २८ गते (शुक्रबार)

दिउँसो : प्रदेश-२ मा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।