भारतमा एकैदिन १६ हजार ८४६ जनामा संक्रमण

एजेन्सी । भारतमा १ करोड १२ लाख ६१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ८४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ६१ हजार ४७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ७९ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९ लाख १७ हजार ६२४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८५ हजार ७६७ छ ।