लोकसेवा आयोगले माग्यो ३६० अधिकृत, सूचना हेर्नुहोस्

लोकसेवा आयोगले ३६० जना अधिकृतको माग गरेको छ । आयोगले बुधबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितामार्फत नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस १४ दरखास्त दिने अन्तिम मिति तय गरिएको छ भने दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।