जेलको भौतिक संरचना निकै कमजोर र वासस्थान राम्रो भएनः गृहमन्त्री

काठमाडौं (पास)– सेन्ट्रल जेल सुन्धारा र डिल्लिबजार कारागारको गृहमन्त्री रामबहादुर थापा (बादल)ले आज निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो क्रममा जेलको भौतिक संरचना निकै कमजोर रहेको, वासस्थानको राम्रो व्यवस्था नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए । उनले जेललाई यातनागृहको रुपमा नभई सुधारगृहको रुपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आफुले ठोस कदम चाल्ने बताए ।

कैदीको क्षमता भन्दा धेरै कैदी कारागारमा राखिएको, कारागार जिर्ण
अवस्थामा रहेको भन्दै नुवाकोटमा बन्ने नयाँ जेलका लागि तत्काल काम अघि बढाउन मन्त्रालयले पहल गर्ने उनले बताए ।

कैदिले हाल पाउँदै आएको सिदामा वृद्धि गर्ने, उनिहरुको सेवा, सुविधा वृद्धि लगायतका बिषयमा पनि मन्त्रालयले तत्काल प्रक्रिया अघि बढाउने उनले बताए । निरीक्क्षणको क्रममा गृहमन्त्री थापाले कैदीहरुसँग उनिहरुको गुनासो समेते सुनेका थिए । कैदीहरुले आफूहरुले पाउँदै आएको दैनिक सिदा बापतको रकम ४५ रुपैयाँबाट वृद्धि गर्नुपर्ने, जघन्य अपराध बाहेकका कैदीलाई एक पटक सबैलाई माफि मिनाहा गर्नुपर्ने, मुद्दाको फैसला छिटो हुने व्यवस्था मिलाउनुपर्ने, आफुहरुले दिएको बयानलाई अदालतले नसुनेर प्रहरीको भनाई मात्रै सुन्ने गरेको भन्दै त्यो सच्याउनुपर्ने , वासस्थानको राम्रो व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए ।

सेन्टर जेलको अवस्था । जहाँ कैदीहरु वस्छन् ।